Like us!
Follow us!
Connect us!
Watch us!

१७ फाइनान्स कम्पनीको रिपोर्टः १२ वटाले नाफा कमाउँदा ५ वटा घाटामा

अर्थ संसार

विहीबार, ०३ असोज २०८१, ११ : ३३ मा प्रकाशित

१७ फाइनान्स कम्पनीको रिपोर्टः १२ वटाले नाफा कमाउँदा ५ वटा घाटामा

चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिना (साउन) मा फाइनान्स कम्पनीहरूले २३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अवधिमा  १७ वटा फाइनान्स कम्पनीमध्ये १२ वटा कम्पनीले साउन महिनामा नाफा कमाएका छन् । यस्तै बाँकी ५ फाइनान्सले घाटा ब्यहोरेका छन् ।

नाफा आर्जन गर्ने १२ फाइनान्स कम्पनी

साउनमा सबैभन्दा धेरै खुद नाफा आर्जन गर्ने कम्पनीमा प्रोग्रेशिभ फाइनान्स रहेको छ । प्रोग्रेशिभले ८ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकेा छ ।

दोस्रोमा आईसीएफसी फाइनान्स रहेको छ। यो कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले २ करोड ५९ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ७१ लाख, मन्जुश्री फाइनान्सले १ करोड ४५ लाख ,गुडविल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ ,रिलायन्स फाइनान्सले १ करोड २८ लाख रुपैयाँ र जानकी फाइनान्सले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। 

त्यस्तै गोर्खाज फाइनान्सले ९८ लाख ७० हजार रुपैयाँ, श्री इन्भेस्टमेन्ट फाइनान्सले ६५ लाख ९० हजार रुपैयाँ, मल्टीपर्पस फाइनान्सले ६४ लाख ५० हजार रुपैयाँ र नेपाल फाइनान्सले १५ लाख ४० हजार रुपैयाँ नाफा कमाएका छन्।

घाटा व्यहोर्ने ५ फाइनान्स कम्पनी

साउनमा सर्वाधिक घाटा व्यहोर्ने कम्पनीमा समृद्धि फाइनान्स रहेको छ। यो कम्पनीले ८ करोड ६९ लाख रुपैयाँ घाटा व्यहोरेको छ।

यसैगरी पोखरा फाइनान्सले २६ लाख २० हजार रुपैयाँ, बेस्ट फाइनान्सले १२ लाख रुपैयाँ, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ८ लाख रुपैयाँ र नेपाल सेयर मार्केट एन्ड फाइनान्सले ८ लाख ९० हजार रुपैयाँ घाटा व्यहोरेका छन्।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको