Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेलाई अर्थमन्त्रीको प्रश्न– ३ हजार विन्दुसम्म पुगेको बजार किन घट्यो ?

अर्थ संसार

बुधबार, ०२ असोज २०८१, १६ : ३९ मा प्रकाशित

नेप्सेलाई अर्थमन्त्रीको प्रश्न– ३ हजार विन्दुसम्म पुगेको बजार किन घट्यो  ?

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ३ हजार विन्दुसम्म पुगिसकेको बजार किन घटी रहेको छ भनेर प्रश्न गरेका छन् । अर्थमन्त्री पौडेलले बुधबार दिउँसो नेप्सेमा निरीक्षण गर्ने  क्रममा उनले नेप्सेका अधिकारीहरुलाई ३ हजार विन्दुसम्म पुगिसकेको बजार किन घटी रहेको छ  ? भनेर प्रश्न गरेका हुन् ।  

उनले भनेका छन्, ‘२०/३० अर्बको कारोबार भइरहेको थियो किन ४/५ अर्बमा पुगेको छ । किन यस्तो ? गत वर्ष ५ अर्ब राजस्व संकलन गरेका थियौ । तर पछिल्लो बजारमा आएको सुधारले वर्षदिन भन्दा बढी राजस्व आएको छ। अहिले हामीले २ महिनामा ७ अर्ब राजस्व संकलन गरेका छौं ।’ पौडेलले भने, ‘३ हजार पुगेको बजार किन घटी रहेको छ । यो प्रश्नको जवाफ खोज्न आज नेप्सेमा आएको हु । यी प्रश्नको जवाफ म आफैसँग पनि खोज्छु । मेरा सचिवहरुसँग खोज्छु र नेप्सेको ब्यवस्थापनसँग समेत खोज्छु ।’

उनले नेप्सेका अधिकारीहरुलाई केही गलत तत्वले फैलाएको अफवाहको पछि लगानीकर्ता दौड्दा बजारमा कुनै कारण बिना नै गिरावट देखिएको बताए ।  

अर्थमन्त्रीले सामाजिक सञ्जालमा गैरकानूनी ढंगले बजारलाई नकारात्मक प्रभाव पार्न र लगानीकर्ताको मनोबल गिराउन सक्रिय पात्र तथा समूहहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिए । 

पौडेललले भनेका छन्,‘नेप्सेले पनि सामाजिक सञ्जालमा हुने यस्ता गतिविधिप्रति चासो बढाउनु पर्छ, ’ ,‘देशको अर्थतन्त्र र प्रमुख सूचकहरु सबै सकारात्मक हुँदाहुँदै बजार यसरी घटाइनु प्राकृतिक छैन । यसमा सरकारले छानबिन गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको