Like us!
Follow us!
Connect us!
Watch us!

सुटिङ नसकिँदै किन विवादमा मुछियाे ‘गदर २’ ?

अर्थ संसार

बुधबार, ०७ पुस २०७८, ११ : २१ मा प्रकाशित

सुटिङ नसकिँदै किन विवादमा मुछियाे ‘गदर २’ ?

बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमीषा पटेलको फिल्म ‘गदर २’ सुटिङ सुरु हुनासाथ विवादमा तानिएको छ । फिल्मको सुटिङ १० दिन यता काँगडाको पालमपुरस्थित भलेड गाउँमा भइरहेको छ । जहाँ सनी र अमीषासहित अन्य कलाकार सुटिङका लागि पुगेका छन् ।

समाचारअनुसार फिल्मको सुटिङ भइरहेको घरको घरधनीले निर्मातालाई घर प्रयोग गरेबापत पैसा नदिएको आरोप लगाएका छन् । घरका मालिक देशराज शर्माले फिल्म सुटिङअघि निर्माताले आफूलाई दिने भनिएको पूरा रकम अहिले दिन नमानिरहेको आरोप लगाएका छन् ।

‘फिल्मको सुटिङका लागि तीन कोठा र एक हलको प्रयोग गरेबापत प्रतिदिन ११ हजार रुपैयाँ दिने सहमति भएको थियो । तर उनीहरुले फिल्मका लागि पूरा घरसँगै दुई नहर र मेरो ठूलो दाइको घर पनि सुटिङका लागि प्रयोग गरे,' उनले भनेका छन् ।

घरका मालिकले सुटिङ अवधिमा घरमा भएको नोक्सानलाई समेत जोडेर ५६ लाख रुपैंयाँको बिल निर्माताको कम्पनीलाई बुझाएपछि यो विवाद सुरु भएको हो ।

फिल्म ‘गदर २’ सन् २००१ मा आएको फिल्म ‘गदर’को सिक्वेल हो । यो फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको