Like us!
Follow us!
Connect us!
Watch us!

२ दिनमै १४८ अंकले बढ्याे नेप्से, के कुराले बढायाे लगानीकर्ताकाे मनाेबल ?

नेप्से

बुधबार, ०७ पुस २०७८, १५ : ०३ मा प्रकाशित

२ दिनमै १४८ अंकले बढ्याे नेप्से, के कुराले बढायाे लगानीकर्ताकाे मनाेबल ?

आज (बुधबार) पनि सेयर बजारमा सकारात्मक माहाेल देखिएको छ । नेप्से परिसूचक झण्डै तेहाेराे अंकले बढ्दा कारोबार रकम पनि बढेकाे छ । यता काराेबार हुने १३ वटै उपसमूह उकालो लागेका छन् । 

नेपाल राष्ट्र बैंकले तरलता संकट हटाउन कदम चालेसँगै लगानीकर्ताकाे मनाेबाल वृद्धि भएकाे छ । नेपाल राष्ट्र बैंकले सवारीसाधनलगायतका विलासी सामानका साथै सुनचाँदी जस्ता बहुमुल्य वस्तु आयातलाई कडाइ गरेको छ । यी सामानहरु आयात गर्नका लागि आयातकर्ताले प्रतितपत्र खोल्दा नै शतप्रतिशत मार्जिन रकम बैंकमा जम्मा गनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, वाणिज्य बैंकहरूले स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म रकम निक्षेपमा गणना गर्न पाउने भएका छन् । स्थानीय तहको सञ्चित कोषको ८० प्रतिशतसम्म आयात र व्यापारिक क्षेत्रमा नगरी उत्पादनशील क्षेत्रमा परिचालन गर्न पाउने गरी यही २०७९ असार मसान्तसम्म वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने गरी आवश्यक व्यवस्था मिलाउन पहल गरिएकाे छ । यस्ता कुराहरूले लगानीकर्ताकाे मनाेबल बढेकाे हाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर काराेबार मापक नेप्से परिसूचक ९२.१६ अंकले बढेर २५०७.७० विन्दुमा पुगेकाे छ । नेप्से ३.८२ प्रतिशतले बढेकाे हाे । सेन्सेटिभ परिसूचक पनि १४.७४ अंकले बढेर ४७७.२६ विन्दुमा पुगेको छ । 

कूल २३३ वटा कम्पनीकाे ८१ लाख ४ हजार ३ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५२ करोड ३३ लाख ३८ हजार एक सय ४३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

61c2f04254ed3.JPG

61c2f0449019c.JPG

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहकाे सेयर बढेको छ । सबैभन्दा धेरै व्यापार समूह बढेकाे छ ।

61c2f04948e57.JPG

बुधबार पनि हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६८ कराेड ३४ लाख ५० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले  आजै मात्र बम्पर लाभांश घाेषणा गरेकाे छ । कम्पनीकाे हिजाे पाैष ६ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले  शेयरधनीलाई ७५ प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । 

आज ४ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अरूण भ्याली हाइड्राेपावर, बरूण हाइड्राेपावर, शिवम् सिमेन्ट र अपर तामाकाेशीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन नबिल डिबेञ्चर २०८५ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको