Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेले दियो ब्रोकर नम्बर ४० लाई यस्तो निर्देशन

नेप्से

बुधबार, ०७ पुस २०७८, १५ : ३१ मा प्रकाशित

नेप्सेले दियो ब्रोकर नम्बर ४० लाई यस्तो निर्देशन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्राेकर नम्बर ४० अर्थात् क्रियटिभ सेक्युरिटिजलाई निर्देशन दिएकाे छ ।

नेप्सेले आज एक सूचना प्रकाशन गर्दै क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस (३०) कार्य दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गरी जानकारी गराउन निर्देशन दिएको हाे।

उक्त समयावधी भित्र दिईएको निर्देशन पालना नगरेमा आवश्यक कारवाही गरिने समेत नेप्सेले जनाएकाे छ ।

नेप्सेले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
 

61c2f5575709a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको