Like us!
Follow us!
Connect us!
Watch us!

चार्ल्स शोभराजलाई थुना राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

अर्थ संसार

विहीबार, ०८ पुस २०७८, १४ : २० मा प्रकाशित

चार्ल्स शोभराजलाई थुना राखेकोबारे सर्वाेच्चको कारण देखाउ आदेश

सर्वाेच्च अदालतले चार्ल्स शोभराज गुरुमुखलाई थुनामा राखेको बारेमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले उनलाई थुनामा राख्नुको कारण पेस गर्न सरकारलाई आदेश दिएको हो ।

उनी कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा छन् । उमेर र आधा सजाय कटाइसकेकाले आफूलाई छाड्नुपर्ने माग शोभराजको छ ।

सिरियल किलरको उपाधि पाएका शोभराजले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कारागार व्यवस्थापन विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौ र कारागार कार्यालय जगन्नाथदेवललाई विपक्षी बनाई बुधबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको