Like us!
Follow us!
Connect us!
Watch us!

फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, पौष १५ गतेसम्म सेयर किने ४२ प्रतिशत लाभांश पाइने

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १० : ०७ मा प्रकाशित

फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, पौष १५ गतेसम्म सेयर किने ४२ प्रतिशत लाभांश पाइने

 लाभांश पारितको बिशेष ऐजेन्डा सहित फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा आह्वान गरेको छ  ।

संस्थाको पौष ८ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ९ औँ वार्षिक साधारण सभा पुस ३० गते, शुक्रबार संस्थाको केन्द्रिय कार्यलय सुनसरीको दुहवी बिहान ११ बजेबाट सूरु हुनेछ । 

सभाले संस्थाको मंसिर ८ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि १६ गतेदेखि पुस ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको