Like us!
Follow us!
Connect us!
Watch us!

"२०२१ को रेकर्ड २०२२ मा तोडिनेछ, नेप्से ६००० पुग्ने सम्भावना अत्याधिक छ"

अर्थ संसार

शनिबार, १० पुस २०७८, १५ : ०८ मा प्रकाशित

"२०२१ को रेकर्ड २०२२ मा तोडिनेछ, नेप्से ६००० पुग्ने सम्भावना अत्याधिक छ"

डिसेम्बर ५ मा सेयर बजारमा एकदम प्यानिक सेलिङ्ग आउँदै गर्दा आफ्नो टिकटक र युट्युब च्यानलमा एउटा भिडियो पोस्ट गर्दै डाक्टर सिटौलाले भनेका थिए : 'फाइनान्सियल एस्ट्रोलोजि अनुसार वृहस्पति र बुध ग्रहले सेयर बजारमा प्रभाव परेका हुन्छन। २१ डिसेम्बर सम्म बुध ग्रह अस्त रहनेछ। बुध ग्रह अस्त हुनु सेयर बजारको लागि राम्रो कुरा होइन, लगानीकर्ताहरुले यो कुरालाई ख्याल राख्नुहोला। ' नभन्दै केही समयदेखि लगातार घटिरहेको सेयर बजार २१ डिसेम्बर बाटै बढ्न थाल्यो। उनले भने जस्तै २१ डिसेम्बर पछि बजार उच्च अंकले बढिरहेको छ। डाक्टर सिटौलाको सेयर बजार सम्बन्धमा यसअघिका प्रेडिक्सनहरुले पनि मज्जाले काम गरिरहेको देखेपछि हामीले वास्तवमा फाइनान्सियल एस्ट्रोलोजी के हो र यसले कसरी काम गर्छ भन्ने विषयमा कुराकानी गरेका छौं।

आजको शनिबार विशेषमा चर्चित ज्योतिष डाक्टर सुनिल सिटौलासँग गरिएको विशेष कुराकानी अर्थसंसार डट कममा :

१) यो वित्तिय ज्योतिष ( फाइनान्सियल एस्ट्रोलोजि ) भनेको के हो ?

यो ज्योतिषशास्त्र भित्रको एउटा प्रयोग हो। ज्योतिषशास्त्रमा व्यक्तिहरुको बारेमा शुभ अशुभ बताउने नियमहरु हुन्छ। प्राकृतिक विपत्तिका कुराहरु हुन्छन। त्यस्तै अर्थबजारको बारेमा पनि ज्योतिषशास्त्रमा व्यवस्था छ। अर्थबजार पनि मान्छेले गर्ने चिज हो। मान्छेको साइकोलोजी के हुन्छ भन्ने कुरामा आकाशमण्डलमा घुमिरहेका ग्रहहरुले प्रभाव प्रारेका हुन्छन। फाइनान्सियल एस्ट्रोलोजिले तिनै ग्रहहरुको अवस्थितिलाइ हेरेर बस्तु बजार र पुँजी बजार कस्तो हुन सक्छ भनेर अनुमान गर्ने हो। यो एउटा एकदम प्र्याक्टिकल साइन्स हो र धेरै हदसम्म यसबाट गरिएका अनुमानहरुले काम गरिरहेका हुन्छन। नेपालमा त खासै यसको प्र्याक्टिस छैन तर अमेरिका, युरोपका विकसित देशहरुमा फाइनान्सियल एस्ट्रोलोजिको धेरै प्रयोग हुने गर्दछ। तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ तर त्यहाँ त कर्मचारीहरु हायर गर्दा पनि कुन व्यक्तिको स्वभाव कस्तो छ भन्ने कुरा ज्योतिषीय रुपमा हेरेर सो अनुसार प्रशाशनमा कसलाई हायर गर्ने, एकाउन्टमा कसलाई हायर गर्ने, सेल्स, मार्केटिंगमा कसलाई हायर गर्ने भन्ने कुराको निर्णय गर्ने गरिन्छ। वायो डाटा (सिभी) मा जन्म मिति उल्लेख गर्नुको कारण नै त्यहि हो। नेपालमा अन्य क्षेत्रहरुमा ज्योतिष विज्ञानको राम्रै प्रयोग हुने भए तापनि कर्पोरेट सेक्टरमा खासै यसको उपयोग गर्ने गरिदैन। यो एकदम उपयोगी विज्ञान हो भन्ने कुरा नेपाली व्यवसायीहरुले बुझेकै छैनन्। हामी यहि कुरा बुझाउन प्रयासरत छौं।

२) फाइनान्सियल एस्ट्रोलोजीले कत्तिको काम गरेको पाउनुभएको छ ?

एस्ट्रोलोजि एउटा सम्भाव्यतामा आधारित विज्ञान हो। यो पनि यब्सुलुट साइन्स होइन, रिलेटिभ साइन्स हो। जसरी अर्थशास्त्रीहरुले अर्थतन्त्रका विभिन्न सूचकहरुको अध्ययन गरेर अर्थतन्त्रको आगामी यात्रा कस्तो हुन सक्छ भनेर अनुमान गर्ने गर्दछन त्यस्तै हामीले विभिन्न ग्रहहरुको अवस्थिति हेरेर बजारको यात्रा कस्तो हुन सक्छ भन्ने कुराको अनुमान गर्ने हो र प्राय: यो मिलिरहेको हुन्छ। जस्तै मैले के भनेको थिए भने २१ डिसेम्बर बाट बुध ग्रह उदाउछ्न त्यसपछि बजारमा प्यानिक सेलर सकिन्छ। अहिले भएको त्यहि त हो नि , प्यानिक सेलर सकिए, प्यानिक सेलर सकिएपछि बजार बढ्न थाल्यो। फाइनान्सियल एस्ट्रोलोजिले वुध ग्रह, चन्द्रमा, शनि ग्रह वृहस्पति ग्रहलाइ बढी हेर्ने गर्छ। वित्तिय क्षेत्रको अधिपति वृहस्पति हो। वृहस्पति ग्रह बलियो अवस्थामा रहँदा सेयर वित्तिय क्षेत्र र सेयर बजार बढ्ने हुन्छ। सेयर बजार स्पेकुलेसनको क्षेत्र हो। वुध ग्रह बलियो हुँदा पनि सेयर बजार बढ्ने गर्छ किनकि स्पेकुलेसनमा सफलता प्राप्त गर्न वुध बलियो हुनुपर्ने हुन्छ। चन्द्रमाले मान्छेको मनको अध्ययन गर्ने गर्दछ। मान्छेको मनको तिनवटा पाटाहरु हुने गर्दछन; डर , आशा र लोभ। चन्द्रमा नेगेटिभ भएको दिन मान्छेमा डर पैदा हुन्छ जसले सेयर बजार घटाउँछ। चन्द्रमा पोजिटिभ हुँदा बजार बढ्ने र यदि चन्द्रमामा पनि ग्रिडको पक्ष्य बलियो छ भने बजार उच्च अंकले बढ्ने सम्भावना हुन्छ। शनि ग्रहले पुर्व जन्ममा गरिएका शुभ कर्म वा अशुभ कर्मको फल दिने गर्दछ।

३) अबको नेप्सेको यात्रा चाहिँ कस्तो देखिन्छ ?

ज्योतिषशास्त्रमा विभिन्न नियमहरु हुन्छन। अंकज्योतिषको नियम अनुसार नेप्से ६००० क्रस गर्न सक्ने देखिन्छ। यदि ६ हजार काटेन नै भने पनि २०२२ मा बजार बुम नै हुन्छ यो चाहिँ पक्का हो। सन् २०२१ को रेकर्ड चाहिँ २०२२ मा तोडिन्छ। अंकज्योतिषमा चाहिँ के हेरिन्छ भने हामीसँग भएका सिंगल डिजिट भनेको ९ वटा हुन्छन् । ती ९ वटा डिजिटहरुलाइ हाम्रो सौर्यमण्डलमा रहेका ९ वटा ग्रहसँग जोडेर हेर्ने गरिन्छ। त्यसमा १ नम्बरमा सूर्य, २ चन्द्रमा , ३ वृहस्पति , ४ राहु, ५ बुध , ६ शुक्र, ७ केतु , ८ शनि र ९ मंगल हुने गर्दछन् । २०२२ को अंक चाहिँ ६ आएको छ। ६ भनेको शुक्र हो। शुक्र सेयर बजारको लागि एकदमै सकारात्मक ग्रह हो। त्यहि भएर ६००० को हाराहारीमा नेप्से पुग्न सक्छ भनिएको हो। शुक्र भनेको आनन्दसंग सम्बन्धित छ। सेयर बजार बढ्छ र मान्छेहरु आनन्दित बन्नेछन। यो चाहिँ ग्यारेन्टी हो।

४) अहिले अर्थतन्त्रका सूचकहरुले त्यत्ति राम्रो संकेत गरिरहेका छैनन्, यस्तो अवस्थामा ६००० पुग्न सम्भव होला र ?

ज्योतिषशास्त्रले ग्रहहरुको अवस्थिति हेरेर यस्तो हुन सक्छ है भन्ने गाइडलाइन दिने हो। अन्य अवस्था कस्तो होला, आर्थिक सूचकहरु कस्ता रहलान भन्ने कुराले सेयर बजारमा प्रभाव त पार्ला नै तर स्पष्ट रुपमा के चाहिँ भन्न सकिन्छ भने २०२२ मा नेपालको सेयर बजार बुम चाहिँ हुनेवाला छ। लगानिकर्तहरुका लागि २०२२ आनन्दमय बन्ने देखिन्छ। सन् २०२२ ले सेयर लगानीकर्तामा खुसियाली लिएर आउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको