Like us!
Follow us!
Connect us!
Watch us!

स्थानीय तह दोस्रो चरणको निर्वाचन: कुन कुन दलले मार्दैछ बाजी

बुधबार, १४ असार २०७४, १८ : ५७ मा प्रकाशित

स्थानीय तह दोस्रो चरणको निर्वाचन: कुन कुन दलले मार्दैछ बाजी

अर्थ संसार, काठमाडौँ– स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । उकाध स्थानमा सामान्य छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आज तीन प्रदेशका ३५ जिल्ला अन्तर्गत ३३४ स्थानीय तहका लागि भएको दोस्रो चरणको निर्वाचन एकाध घटना बाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको हो ।

निर्वाचनमा १५ हजार ३८ जनप्रतिनिधी निर्वाचित हुँदैछन्। दोश्रो चरणको निर्वाचनमा पनि तीन प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवारबीच नै प्रतिष्पर्धा हुने निश्चित छ । दोश्रो चरणको मतदान अघि राजनीतिक दलहरुले आ-आफ्नो रणनीति तय गरेर निर्वाचनमा होमिएका थिए ।

संसद्को पहिलो ठूलो दल नेपाली काँग्रेसले दोस्रो चरणको निर्वाचनमा आनो पल्लाभारी हुने दावी गरेको छ । सो दलले करिब पचास प्रतिशत स्थानमा आफूले जित्ने दावी गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पनि आफू नै पहिलो पार्टी हुने जिकिर गरेको छ ।

एमाले सचिव योगेश भट्टराईले दोस्रो चरणको निर्वाचनमा एमाले पहिलो पार्टी हुने जिकिर गरे । काँग्रेस नेता शेखर कोइरालाले पहिलो चरणको निर्वाचनमा भएको क्षति असुल गरेर दोस्रो चरणमा काँग्रेस नै पहिलो हुने दावी गरे ।

पहिलो चरणको निर्वाचनमा आफुहरुले धेरै स्थानमा विजयी भएको भन्दै एमालले दोस्रो चरणमा पनि आफुहरु नै अग्रस्थानमा रहने जनाएको छ । यस्तै सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)ले पनि दोस्रो चरणको निर्वाचनमा आफूहरुको स्थिती थप सुदृढ हुने जनाएको छ ।

सो पार्टीका प्रवक्ता पम्फा भुसालले पनि दोस्रो चरणको निर्वाचनमा आफ्नो पार्टी शसक्त रुपमा धेरै संख्यासहितको शक्ति बन्ने दावी गरिन् ।

उता संघीय समाजवादी फोरमले २५ स्थानमा, विजयकुमार गच्छदारको र्पाीले ३५ स्थानमा विजयी हुने दावी गरेको छ । यस्तै राप्रपाले पनि कम्तीमा २० स्थानमा आफुहरु विजयी हुने दावी गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको