Like us!
Follow us!
Connect us!
Watch us!

आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, ०७ : २५ मा प्रकाशित

आज वर्षा र हिमपातकाे सम्भावना, भाेलि देशभर पानी पर्ने

हाल देशमा  पश्चिमी  न्यून चापीय प्रणालीको  प्रभाव  रहेको  छ । दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा  मध्यम हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।

बिहीबार थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको