Like us!
Follow us!
Connect us!
Watch us!

५ मिनेट अवधिको चार्ट हेर्दा कस्तो देखियो नेप्से ? भोलि बजार बढ्ला कि घट्ला ?

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, १५ : ५४ मा प्रकाशित

५ मिनेट अवधिको चार्ट हेर्दा कस्तो देखियो नेप्से ? भोलि बजार बढ्ला कि घट्ला ?

आज मंगलबार नेप्से करिब २ अंकले घटेर २५१९ अंकको हाराहारीमा बन्द भएको छ । हिजो बजार करिब ६९ अंकले घटेर बन्द भएपछि हिजो हामीले बजार घट्दै जाँदा बजारले २४८० को हाराहारीमा सपोर्ट लिएर माथितिर गएमा नेप्सेको यात्रा माथितिरकै हुनसक्ने तर यदि २४८० भन्दा तल भोलुम सहित घट्न थाल्यो भने बजार थप घटेर जाने विश्लेषण गरेका थियौं।  अनुमान गरेजस्तै करिब २४८७ अङ्कको हाराहारीमा आएर बजार बढेको छ।

आज नेप्सेको डेली चार्टमा बनेको क्यान्डललाइ 'ह्यामर' भनिन्छ।  यो क्यान्डलले राम्रो खरिद चाप रहेको संकेत गर्दछ।  विशेषगरी बजार घटेको बेला ह्यामर क्यान्डल बन्छ भने त्यसले बजार बढ्ने संकेत गर्दछ। अर्को राम्रो पक्ष भनेको आज बजार घट्दै गर्दा भोलुम कम आएको छ भने बजार बढ्दै गर्दा भोलुम धेरै आएको देखिन्छ।  यसले बजारमा सेलरहरु कम मुल्यमा बेच्न इच्छुक नभएको कुरालाई स्पष्ट रुपमा देखाएको छ।  

५ मिनेटको चार्ट हेर्दा कस्तो देखियो ? 

प्रि - ओपन सेसनमा सामान्य अंकले बढेको नेप्से कारोबारको सुरुवात बाटै घट्न थाल्यो।  घट्दै गर्दा खासै भोलुम देखिएन।  बजार खुलेको केहि समयभित्रै बजार करिब ३४ अङ्कले घटेर २४८७ को बिन्दुसम्म आइपुग्यो। त्यसपछि नेप्से बढ्दा राम्रो भोलुम देखियो। आजको बजारमा देखिएको विशेष कुरा भनेको बजार बढ्दै गर्दा राम्रो भोलुम आइरहेको थियो भने घट्दै गर्दा भोलुम कम देखिन्थ्यो।  

यसले स्पष्ट रुपमा घट्दो मुल्यमा सेयर बेच्न लगानीकर्ताहरु सक्रिय छैनन् भन्ने देखाएको छ।  

अब लगानीकर्ताहरुले हेर्नुपर्ने बिन्दु कुन कुन ? 

यदि भोलिका दिनहरुमा बजार घटेर जान्छ भने लगानीकर्ताहरुले हेर्नुपर्ने बिन्दु २४८५ हुनेछ।  यदि बजार २४८५ भन्दा तल जान थाल्यो भने बजार थप घटेर जान सक्ने सम्भावना रहन्छ भने बजार बढ्दै जाँदा २६०० को बिन्दुमा बजारले बलियो रेसिस्टेन्स फेस गर्ने सम्भावना रहेको छ।

61cae3313dad3.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको