Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १३ : ५९ मा प्रकाशित

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले सङ्खुवासभाको खाँदबारी, चैनपुर,भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न  गरेको छ ।

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रममा बिमाको महत्व र दावी भुक्त्तानी कसरी गर्ने तथा जनमानसमा बिमाको प्रभावकारी भुमिकाको सम्बन्धमा बिस्तार पूर्वक अभिकर्ताहरुलाई महाप्रबन्धक गौतमले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमहरुको संयोजन बिर्तामोड शाखाको शाखा प्रबन्धक तुलसीनाथ पौडेलले गरेका थिए  ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको