Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘त्रिपल बी प्लस’ रेटिङ

अर्थ संसार

सोमबार, १७ कार्तिक २०८२, १७ : ३२ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ‘त्रिपल बी प्लस’ रेटिङ

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थिरता र दायित्व पुरा गर्ने क्षमतामा महत्वपूर्ण सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट 'त्रिपल बी प्लस' रेटिङ प्राप्त गरेको छ। यस रेटिङले कम्पनीको विश्वासनीयता, मजबुत वित्तीय प्रदर्शन, अनुभवी प्रबन्धन टोली, प्रभावकारी प्रशासनिक संरचना र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ।

'त्रिपल बी प्लस' रेटिङ प्राप्त गर्ने कम्पनीहरूलाई आफ्नो दायित्वहरू समयमा पूरा गर्न सक्षम र वित्तीय दृष्टिले स्थिर मानिन्छ।

कम्पनीले आफ्नो ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासको लागि आभार व्यक्त गर्दै अझ मजबुत र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। अहिले कम्पनीले देशभरि १४८ शाखा र उपशाखाबाट सेवा प्रदान गर्दैछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको