Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ प्रमाणपत्र नवीकरण

अर्थ संसार

बुधबार, १९ कार्तिक २०८२, १५ : २५ मा प्रकाशित

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ प्रमाणपत्र नवीकरण

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ ।

कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको कम्पनीले जनाएको छ ।

यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट हुने कम्पनीले उल्लेख गरेको छ। कम्पनीले जोखिममा आधारित जीवन बीमा व्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न न्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो ।

आइ.एस.ओ / आई.ई.सी २७००१:२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको