Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा सामान्य सुधार, नन लाइफमै किन फर्किए लगानीकर्ता ?

नेप्से

बुधबार, १४ पुस २०७८, १५ : ०१ मा प्रकाशित

नेप्सेमा सामान्य सुधार, नन लाइफमै किन फर्किए लगानीकर्ता ?

आज (बुधबार) सेयर बजारमा सामान्य सुधार देखिएको छ । नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । निर्जीवन बीमा कम्पनीहरू तर्फ नै लगानीकर्ताहरूकाे आकर्षण बढी छ । बुधबार पनि अन्य समूहकाे तुलनामा नन लाइफ इन्स्याेरेन्स नै बढेकाे छ । 

बीमा समितिले बीमा कम्पनीहरूको पूँजी बढाउन विभिन्न माध्यमबाट कदम चालेको छ । मुख्यतय बोनस र मर्जरलाई प्राथमिकता दिइएको छ । अहिले लाभांश सिजन पनि चलिरहेको छ । अधिकांश बीमा कम्पनीहरूले लाभांश घोषणा गर्नै बाँकी छ । यस्तो अवस्थामा बीमा कम्पनीहरूले उच्च बोनस बाँड्ने अपेक्षाले लगानीकर्ताले बीमा कम्पनीको सेयर खरिद गरिरहेका छन् । बीमा कम्पनीहरूको पूँजी वृद्धिको कुरा भइरहँदा बीमा कम्पनीतर्फ लगानीकर्ताको आकर्षण बढेको हो । यति मात्र नभएर पछिल्लो करेक्सनमा बीमा कम्पनीहरूको सेयरमूल्य १२० दिनको औषतमूल्य भन्दा पनि निकै तल झरिसकेको थियो । सोही कारण पनि बीमा कम्पनीहरूको मूल्य वृद्धि स्वभाविक मान्न सकिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५.५१ अंकले बढेर २५२४.५० विन्दुमा पुगेकाे छ । नेप्से ०.२२ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२६ अंकले बढेर ४७१.२४ विन्दुमा पुगेको छ । 

कूल २२८ वटा कम्पनीकाे ५६ लाख ३८ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २ सय ९२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ५ वटा उपसमूहकाे सेयर घटेको छ ।

बुधबार पनि हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ५२ कराेड ५५ लाख ८० हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बुधबार मध्य भाेटेकाेशी जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य सर्वाधिक बढेकाे छ ।  कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर एक सय ४६ रूपैयाँ ४० पैसा पुगेकाे छ । 

आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ३.३९ प्रतिशतले घटेर प्रतिकित्ता ४ सय ८५ रूपैयाँमा झरेकाे छ ।

याे पनि :

अब लगानीको कस्तो रणनीति बनाउने ? नेप्सेले Trend बदल्ने संकेत- Share Tech Funda| Bimal Tiwari|

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको