Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको विजयी सुरुवात, बाजुराको गहुमुल– ६ मा एमाले बिजयी

विहीबार, १५ असार २०७४, ०८ : २७ मा प्रकाशित

एमालेको विजयी सुरुवात, बाजुराको गहुमुल– ६ मा एमाले बिजयी

अर्थ संसार, बाजुरा – दोस्रो चरणको निर्वाचनमा एमालेले विजयी सुरुवात गरकोे छ ।  बाजुराको गहुमुल गाँउपालिकाको वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया २ सय ८८ मत ल्याएर विजयी भएका छन्  ।

उनका  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोरख रोकाया २ सय ८१ मत ल्याए । उनी ७ मतले पराजित  भएका हुन् ।

 गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार देवबहादुर रोकायाले २ सय ८३ मत ल्याएका छन् । कांग्रेसबाटै उपाध्यक्षका उम्मेदवार उमा रोकायाले २ सय ८४ मत ल्याएकी छिन् ।

यस्तै अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका हरि रोकायाले २ सय ७९ मत ल्याएका छन् भने उपाध्यक्षमा एमालेकै सीता रोकायाले २ सय ८१ मत ल्याएकी छिन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको