Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र होटल सिराइचुलीबीच विभिन्न अफरसहितको सम्झौता

अर्थ संसार

विहीबार, १५ पुस २०७८, १० : ५३ मा प्रकाशित

एनसीसी बैंक र होटल सिराइचुलीबीच विभिन्न अफरसहितको सम्झौता

एनसीसी बैंक र चितवनको भरतपुरमा रहेको ४ तारे होटल सिराइचुलीबीच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको छ ।

बैंक र होटलबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ्ग चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । होटलले फुड एण्ड बेभरेजमा १० प्रतिशत र एकोमोडेसनमा २५ प्रतिशत छुट उपलब्ध गराउनेछ । 

हालसम्म एनसीसी बैंकको कार्ड नभएका गहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन एनसीसी बैंकले इन्स्टयान्ट कार्डको व्यवस्था पनि गरेको छ ।  

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी  १३७ शाखा ११ वटा एक्स्टेन्सन काउन्टर र ११४ वटा एटिएम वुथहरु सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको