कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले आज पाैष १७ गते, आइतबारदेखि एकिकृत काराेबार सुरू गरेका छन् । कुमारी बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू भएकाे हाे ।
दुवै बैंककाे मंसिर ७ गते सम्पन्न भएकाे विशेष साधारण सभामा मर्जरकाे प्रस्ताव पारित गरिएकाे थियाे । यी दुई बैंकबीच असाेज १० गते, साेमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए ।
यी दुई बैंक १:१ को स्वाप रेसियाेमा मर्ज भएका हुन् । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् । मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल कुमारी बैंकको केन्द्रीय कार्यालय रहेको स्थान टंगालमा रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस