Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंककाे काराेबार राेक्का हुने

अर्थ संसार

विहीबार, १४ पुस २०७९, १४ : ३१ मा प्रकाशित

कुमारी बैंककाे काराेबार राेक्का हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कुमारी बैंक लिमिटेडकाे काराेबार राेक्का हुने भएकाे छ ।

एनसीसी बैंक र कुमारी बैंक एक आपसमा मर्ज भएपछि पौष १७ गतेबाट कुमारी बैंकको नाममा एकिकृत कारोबार हुँदैछ । याेसँगै कुमारी बैंकको सेयर कारोबार पुस १७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।

दुवै बैंककाे मंसिर ७ गते सम्पन्न भएकाे विशेष साधारण सभामा मर्जरकाे प्रस्ताव पारित गरिएकाे थियाे । यी दुई बैंकबीच असाेज १० गते, साेमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए ।

दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेकाे छ । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

सूचना हेर्नुहाेस् :

63ad5556d3135.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको