Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंक र कुमारी बैंकले पाैष १७ देखि एकिकृत काराेबार थाल्ने

अर्थ संसार

मंगलबार, १२ पुस २०७९, १२ : २८ मा प्रकाशित

एनसीसी बैंक र कुमारी बैंकले पाैष १७ देखि एकिकृत काराेबार थाल्ने

कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले पाैष १७ गते, आइतबारदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । कुमारी बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । 

दुवै बैंककाे मंसिर ७ गते सम्पन्न भएकाे विशेष साधारण सभामा मर्जरकाे प्रस्ताव पारित गरिएकाे थियाे । यी दुई बैंकबीच असाेज १० गते, साेमबार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियाे । सम्झौतामा कुमारी बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकको तर्फबाट मर्जर कमिटी संयोजक चन्द्र बास्तोलाले हस्ताक्षर गरेका थिए ।

दुवै बैंककाे सञ्चालक समितिकाे बैठकले मर्जरपछि स्वाप रेसियाे १ः१ को अनुपात कायम गर्ने निर्णय स्विकृत गरेकाे छ । मर्जरपश्चात कुमारी बैंकको नाममा एकीकृत कारोबार हुनेछ ।  मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल रहने भएका छन् ।

सूचना हेर्नुहाेस् :

63aa9563250fd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको