Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा म पनि डुबेको छु : दिपेन्द्र अग्रवाल

अर्थ संसार

विहीबार, १५ पुस २०७८, १६ : ५३ मा प्रकाशित

सेयर बजारका ठूला लगानीकर्ता दिपेन्द्र अग्रवालले बजार घट्दा आफू पनि डुबेकाे बताएका छन् ।

अर्थ संसारकाे साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्ने क्रममा सामाजिक सञ्जालमा उनले भनेका कम्पनीहरू किन्दा लगानीकर्ताहरू डुबे नी भन्ने प्रश्नमा उनले उनले बजार घट्दा काेही नबच्ने र आफू पनि डुबेकाे बताएका हुन् ।

उनले भने, "बजार घट्दा कोही पनि बच्दैन, टाइटानिक जहाज जब डुबेको थियो त्यतिबेला को बचेको थियो सबै डुबे नी पैसावाला पनि डुबे, गरिब पनि डुबे, मजदुर पनि डुबे । मार्केट घट्दा पनि तपाईँ हामी बच्छौँ र अरू डुब्ने हुँदैन । म पनि डुबेको छु र हाम्रा लगानीकर्ताहरू पनि डुबेका छन् । कुनै पनि एउटा सेक्टर छैन जुन सेक्टरमा लगानीकर्ताहरूले घाटा खाएका छैनन् । बजार घट्दा समग्रमा सबैलाई घाटा भएको छ ।" 

आफ्नो पोर्टफोलियोमा ६० देखि ७० प्रतिशतसम्म फाइनान्स कम्पनीहरू रहेको उनी बताउँछन् । आफूले लगानीकर्ताहरूलाई फाइनान्स कम्पनीहरू किन्न अनुरोध गर्नुमा २ ३ वटा मुख्य कुरा रहेको उनले बताए । फाइनान्सहरूको सप्लार्ई कम रहेको र डिमान्ड धेरै रहेको, फाइनान्स कम्पनीहरूको चुक्ता पूँजी थोरै रहेको, फाइनान्सहरूको प्रस्तुती राम्रो रहेको र संस्थागत सुशासनमा पनि अगाडि दौडिएका जस्ता कारणले गर्दा फाइनान्स कम्पनीहरू अगाडि बढेका उनले बताएका छन् ।

बजारमा छरिएर रहेको सानो सानो पुँजीलाई संकलन गरी त्यसलाई सेयर बजारमा लगानी गर्ने उद्देश्यले उनले हालै मात्र आफ्नै नेतृत्वमा गोल्डम्यान इन्भेष्टमेन्ट नामको कम्पनी सञ्चालनमा ल्याएका छन् ।

भिडियाे पनि हेर्नुहाेस् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको