Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा च्यासलमा स्वागत

अर्थ संसार

शनिबार, १० माघ २०८२, १९ : ४१ मा प्रकाशित

सेयर बजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा च्यासलमा स्वागत

सेयर बजारका परिचित लगानीकर्ता तथा व्यवसायी दिपेन्द्र अग्रवाल नेकपा (एमाले) मा आबद्ध भएका छन्। शनिबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभयो।

अग्रवाल यसअघि जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए। कार्यक्रममा अध्यक्ष ओलीले खादा र टीका लगाउँदै उनलाई एमाले प्रवेश गराउनुभएको हो।

उक्त अवसरमा अग्रवालसँगै करिब दुई हजार एक सय जना विभिन्न पृष्ठभूमिका व्यक्तिहरूले पनि नेकपा (एमाले) मा प्रवेश गरेका छन्। पार्टीले यसलाई संगठन विस्तार र जनआधार मजबुत बनाउने दिशामा सकारात्मक कदमका रूपमा लिएको जनाएको छ।

सेयर बजारमा सक्रिय लगानीकर्ता तथा स्टक मार्केट ट्रेडरका रूपमा परिचित अग्रवाल व्यवसायिक क्षेत्रमा स्थापित नाम मानिन्छन्। उनी विराटनगर महानगरपालिका–९ का स्थायी बासिन्दा हुन् र लामो समयदेखि आर्थिक तथा लगानी क्षेत्रसँग जोडिँदै आएका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको