Like us!
Follow us!
Connect us!
Watch us!
दिपेन्द्र अग्रवाल भन्छन्, ‘नेप्से बढ्न सेबोनमा भ्रष्टाचार रोकिनुपर्छ’

लचक समिक्षा, ‘चक्रव्युह’ तोड्ने प्रयास, यसपटक किन हुन पाएन, ‘इन्साईडर’ ?

लोकेन्द्र ढकाल

शुक्रबार, २२ मंसिर २०८०, २० : २० मा प्रकाशित

लचक समिक्षा, ‘चक्रव्युह’ तोड्ने प्रयास, यसपटक किन हुन पाएन, ‘इन्साईडर’ ?

अनुहार अत्तालिएको देखिन्थ्यो, खुसि रुन्चे हाँसोमा निमट्ठीएको प्रष्ट प्रस्टिन्थ्यो, कुण्ठा उकुसमुकुस हुँदै उछालिरहेका थिए, सर्वत्रले आफैलाई दोषि देखेको आफ्नै मुखवाट फुत्त फुत्कियो, समिक्षा नल्याउँदैमा आकास खस्दैन भन्ने बोलीमा दम्भ थियो तर चौतर्फी दबावलाई स्वीकार्नुको विकल्प थिएन, यी दृष्य दुई दिन अघि अर्थ समितिको बैंठकमा गभर्नर महाप्रसाद अधिकारीले ब्रिफिङ गर्दैगर्दाका क्रिया प्रतिक्रियाहरु थिए । 

असोज मसान्तसम्मको समिक्षा राष्ट्र बैंकका गभर्नर अधिकारीले मंसिर २२ गते शुक्रवार सार्वजनिक गराए । मौद्रिक नीति कार्यविधि भन्दा तीन साता ढिलो समिक्षा सार्वजनिक भयो । गभर्नर अधिकारीका लागि शुक्रवारको निद्रा भारी विसाँउँदाको हलुङ्गो जस्तो हुने राष्ट्र बैंककै एक उच्च अधिकारी बताउँछन् । 

अर्थतन्त्र चलेको थिएन । सरकार लगभग फेलरको अवस्थामा पुगेको देखिन्थ्यो । आम लगानीकर्ता, उद्योगी, व्यवसायी, संसद देखि मन्त्री मात्र होइन् यसपटक प्रधानमन्त्री कै लिखितम् दबाव राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि थियो । संकुचन तथा नियन्त्रणकारी मौद्रिक नीतिमा अडिक रहँदै आएका गभर्नर अधिकारी नीतिमा लचकता अपनाउन यसपटक बाध्यकारी अवस्थामा थिए । उनी महाभारतका अभिमन्यु जस्तै चक्रव्युहमा परेका जस्ता देखिन्थे, राष्ट्र बैकका अर्का एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा अर्थ संसारसँग भने । 

समिक्षा ढिलो हुनुमा कहिले अनुसन्धान हुँदै भनियो । कहिले पछिल्लो महिनाको तथ्याङ कुरेको बताइयो । कहिले राष्ट्र बैंक बोर्ड सदस्य अर्थ सचिव कृष्णहरि पुस्करको विदेश भ्रमणका कारण भन्दै मिति सार्ने गरियो । तमाम परिस्थितिका बावजुत शुक्रवार जारी समिक्षामा गभर्नर अधिकारीले आलोचकहरुलाई सात्वना पुरस्कार पाए झैं चित्त बुझाउन सक्ने गरि समिक्षा ल्याएका छन् ।

समिक्षा ढिलो हुनुमा गभर्नर ‘अनिर्णित’ हुनु नै मुख्य कारण थियो । राष्ट्र बैंक स्रोत भन्छ, सञ्चालक समितिको बैठक बस्नु अघिल्लो दिन साँझमात्र अधिकांश नीति संशोधन तय भएका थिए । त्यसैले मुख्य गरेर यसपटक सेयर बजारमा खुकुलो नीति आँउदै गर्दा पनि नेप्से इन्डेक्समा इन्साइडरको प्रभाव देखिएन । विहिवार अवेर सातैजना राष्ट्र बैंक बोर्ड सदस्यलाई अर्थ मन्त्रालय डाकेर अर्थमन्त्री डा.प्रकाशशरण महतले सेयर बजार लगायतका केहि बुँदामा लचक हुन सुझाएको अर्थ मन्त्रालय स्रोत बताउँछ ।

मौद्रिक समिक्षामा बजारमा सर्वाधित चर्चित लघुवित्तको कर्जा मुद्दा प्राथमिकतामा परेको छ । समस्यामा परेर सम्पर्कमा रहेका लघुवित्तका ऋणिले चैत्र मसान्तसम्ममा कर्जा पुनरसंरचना गर्न समय पाएका छन् । परिस्थितिजन्य कारणले अप्ठ्यारोमा परेका बैक वित्तिय संस्थाका ऋणिहरुको कर्जालाई पनि चैत्र मसान्तसम्ममा पुनरसंरचना तथा पुनरतालिकिकरणको समय दिइएको छ । यसले बैक वित्तिय संस्थाको खराब कर्जा घट्ने जानकारहरु बताउँछन् । 

समिक्षामा बैंक दरलाई ७.५ वाट ७, नीतिगत दर ६.५ बाट ५.५, निक्षेप संकलन बोलकबोल दर ४.५ वाट ३ प्रतिशतमा झारिएको छ । यसले बैंकको लागत घट्न गई आगामी महिनामा ब्याजदर घट्न सहयोग पुर्याउने बंैकर लक्ष्मी घिमिरे बताए । 

त्यसैगरि सर्वाधित चर्चित सेयर धितो र रियल स्टेट कर्जाको जोखिम भारलाई (५० लाख माथि) १ सय ५० बाट घटाई १ सय २५ प्रतिशत बनाइएको छ । अब बंैकले सेयर तथा जग्गामा बढी लगानी गर्न सक्ने बताउँछन् अर्थशास्त्रका जानकार तथा सेयर लगानीकर्ता भोगिन्द्र भण्डारी । भण्डारी भन्छन्, ‘अब सेयर धितो कर्जामा ऋणिले केहि सस्तो ब्याजदरमा कर्जा पाउँछन् ।’ 

आज आएको मौद्रिक समिक्षालाई उद्योगी व्यवसायीले सकारात्मक रुपमा लिएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । यसै सन्दर्भमा सेयर बजारका लगानीकर्ता एवम् अभियन्ता तिलक कोइरालाले भने, ‘अपेक्षा धेरै थियो, भनेजति त आएन तर केहि ढोका खुलेका छन्, अर्थतन्त्र नचलिरहेको अवस्थामा सेयर बजारमा अब आकर्षण बढ्नेछ ।’ ठूला लगानीकर्ताले मौद्रिक समिक्षा अघि सेयर नकिन्दा बजार १८ सय वरिपरि नै रर्यो, यसले राष्ट्र बैंकलाई नीति करेक्सन गर्न दवाव परेको उनले बताए । सेयर बजारका लागि पटक पटक आन्दोलन गरेका तथा अनसन बसेका कोइरालाले भने, ‘अब ब्याजदर पनि घट्छ, लगानीकर्ता कमाउन तथा घाटा पूर्ती गर्नतिर लाग्नेछन् ।’ उनले आगामी दिनमा नियामकहरुले नीतिमा खुकुलो गर्दै जानुपर्ने बताए । 

त्यसैगरि, राष्ट्र बैंकले गरे जस्तो गरेको देखिन्छ तर अपेक्षा बमोजिक खासै केहि नआएको बताउँछन् ठूला मध्यका एक अगुवा लगानीकर्ता दिपेन्द्र अग्रवाल । यसले केहि सय अंक नेप्से माथि लान सक्ने उनले बताए । अग्रवाल भन्छन, ‘हाम्रो नियामक र अभिभावक धितोपत्र बोर्ड हो, त्यहाँको भ्रष्टाचार जबसम्म रोकिन्न, तबसम्म सेयर बजारको विकास तथा लगानीको सुनिश्चिततामा हुँदैन्, बजार बढ्दैन ।’ सेयर बजारको अहिलेको मुख्य जड समस्या धितोपत्र बोर्डको अध्यक्ष रमेश कुमार हमाल रहेको अग्रवालले आरोप लगाए । प्रिमियम मुल्यमा आइपिओ अनुमति दिँदा १ सय ६५ करोड रुपैयाँ बोर्डमा अध्यक्ष हमालले कमिसन वापत कमाएको आरोप अग्रवालले लगाए । अग्रवालले भने, ‘नेप्से बढ्न पहिला सेबोनको भ्रष्टाचार रोकिनु पर्छ, हमालको ठाँउमा अरु कोहि साँधु नै बोर्डको अध्यक्ष भएको भए बजार आज अल टाइम हाईमा हुन्थ्यो ।’ नयाँ स्टक एक्सचेन्जमा सिधासिधा त्यत्रो अरबौं अरबको भ्रष्टाचार छ भन्दै के धितोपत्र वोर्ड भ्रष्टाचार गर्ने अखडा हो ? भन्दै प्रस्न गरे ।उनले, अब राम्रो मान्छे बोर्डको अध्यक्ष नियुक्त भए बजारले एक बर्ष भित्रै अल टाइम हाई ब्रेक गर्ने बताए ।  

 

 


 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको