Like us!
Follow us!
Connect us!
Watch us!

दिपेन्द्र अग्रवालको वाईको माथि आरोप: नेप्सेमा नयाँ कम्पनी आउँदा सुरुमा कसले सेयर पाउने ठूलो सेटिंङ छ! (भिडियो)

अर्थ संसार

आइतबार, ०९ बैशाख २०८१, ०८ : ३० मा प्रकाशित

अधिकांश सेयरबजारमा लगानी गरिरहेका लगानीकर्ताको अवस्था अहिले निराशजनक छ।  धेरैले आफ्नो लगानीको केहि हिस्सा बजारमा गुमाएर नै बसिरहेको अवस्था छ। सरकार र नियामकले पनि बजारलाई सकारात्मक रुपमा हेर्न सकेको छैन।  देशको राजनीतिक र आर्थिक अवस्थाका कारण पनि लगानीकर्ता मनोबल एक्दमै खस्केको अवस्था छ। 

बजार बढ्नलाई चाहिने भनेको सकारात्मक सोच हो। बजारमा आफ्नो भनाईका कारण कहिले विवाद त कहिले चर्चित रहने पात्र हुन लगानीकर्ता दिपेन्द्र अग्रवाल।  पछिल्लो समय बजार नचल्ने पनि नेप्सेमा कारोबार हुने स्टक चलेको देखाएर बजार सकारत्मक उर्जा ल्याउने प्रयासमा उनी रहेका छन्। 

पुंजीबजारको मुद्दा र लगानीकर्ताको हकहितको लागि जहिले पनि अग्र स्थानमा रहेन एक लगानीकर्ता हुन् दिपेन्द्र अग्रवाल।  तर उनलाई लगानीकर्ता संघ बनाउने र भत्काउने आरोप भने लाग्ने गरेको छ।  त्यहिँ प्रश्न उनलाई अर्थसंसारको कार्यक्रम यात्रा सफलताको मा उनलाई सोधिएको छ। 

अरु भन्दा धेरै विचार राख्छन अग्रवाल।दुनियाभरको मार्केट आधारभूत रुपमा मात्र नचल्ने उनले कार्यक्रममा बोलेका छन्। त्यसरी मात्र चल्ने भए त कम्पनीको मूल्य जहिले पनि स्थिर रहने उनको तर्क थियो। बजार लगानीकर्ताको डिमाण्ड र सप्लाईमा चल्ने उनले कार्यक्रममा बोलेका छन्। 

नियामक माथि प्रश्न उठाउन पनि अग्र पन्थी मै रहन्छ उनी। नियामकले विभिन्न कम्पनीलाई प्रिमियममा आइपिओ दिएको निर्णय उनलाई फित्तिकै चित्त बुझेको छैन। उनले प्रश्न गरे,'खोई त प्रिमियममा आइपिओ आएका कम्पनीले लाभासं दिन सकेका ?'

यसरी प्रिमियममा आइपिओ आईरहयो भने बजारमा दुर्घटना सक्ने कुरामा उनी चिन्तित देखिन्छन। प्रिमियमको आइपिओ रोकिए छोटो समय मै बजार २५०० पुग्ने बताउँछन उनी। 

बजारमा पैसा लिएर सिकाउने व्यक्ति र संस्था प्रति उनको आक्रोश पोखेका छन्। पैसा लिएर सोझा साझा लगानीकर्तालाई बेब्कुफ बनाउने गैर कानुनी धन्धा हो भने उनको बझाई छ। 

कार्यक्रममा अग्रवालले वाइको मार्फत एउटा गिरोह सक्रिए भएको आरोप लगाएका छन्। यहाँ तपाईले 'buy' राख्दा बजारमा त्यसको पुरै हल्ला हुने, 'sell' राख्दा त्यसको पुरै हल्ला हुनुमा उनले वाइकोलाई आरोप लगाएका छ। 

तेति मात्र नभई बजारमा नयाँ कम्पनी आउँदा तपाईको buy इन्ट्री नहुने र अरुले त्यहाँ लाखौं कित्ता राखिसकेको हुने कसरी भनेर प्रश्न गरेका छन्। यो रोक्न जरुरी छ, वाइको हातमा सेयर बजार सुरक्षित नभएको उनको तर्क छ। 

उनले तत्काल वाइकोको अडिट हुन जरुरी रहेको र त्यसो भए सबै कुरा बाहिर आउने उनले कार्यक्रममा भनाइ राखेका छन्। 

अग्रवालले अर्थसंसारको कार्यक्रम यात्रा सफलतामा आफ्ना बजारको यात्रामा आएका उतार चडाव पोखेका छन्। यात्रा सफलताका लागि अर्थसंसार डटकमका प्रस्तोता आदित्य शिवाकोटी संगले गरेको  कुराकानीमा अग्रवालले दर्जनभन्दा बढी प्रश्नको सामना गरेका छन् ।

उनै अग्रवाल सँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको