Like us!
Follow us!
Connect us!
Watch us!

प्रारम्भिक मत परिणाम काँग्रेस पहिलो, एमाले दोस्रो माओवादी केन्द्र तेस्रो

विहीबार, १५ असार २०७४, १४ : ०४ मा प्रकाशित

प्रारम्भिक मत परिणाम काँग्रेस पहिलो, एमाले दोस्रो माओवादी केन्द्र तेस्रो

अर्थ संसार,काठमाडौँ– स्थानीय तह निर्वाचनको  दोस्रो चरणको प्रारम्भिक मत परिणामअनुसार कांग्रेस पहिलो र एमाले दोस्रो स्थानमा देखिएका छन् । माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

१३.००  बजेसम्मको मत परिणामअनुसार कांग्रेस ३६ स्थान, एमाले २३ र माओवादी केन्द्र १४ स्थानमा अगाडि देखिएको छ ।

विभिन्न जिल्लामा जारी मतगणनाको परिणाम धमाधम आइरहेको छ । निर्वाचन आयोगका अनुसार डोटी, वैतडी, डडेल्धुरा, कैलाली, बाँके, बर्दिया, झापा, इलाम, पाँचथर, मोरङ, सुनसरी, नवलपरासी, रुपन्देही, भोजपुर, पाल्पालगायत तीनवटै प्रदेशका अधिकांश जिल्लाका स्थानीय तहमा मतगणना जारी छ ।

बुधबार प्रदेश नम्बर १, ५ र ७ को निर्वाचन भएको थियो ।निर्वाचन आयोगकाअनुसार हालसम्म कुल १६८ स्थानको मत गणना भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको