Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंककाे साधारण सभा आज : १२.६३ प्रतिशत लाभांश पारित हुँदै

अर्थ संसार

आइतबार, १८ पुस २०७८, १० : १८ मा प्रकाशित

प्रभु बैंककाे साधारण सभा आज : १२.६३ प्रतिशत लाभांश पारित हुँदै

प्रभु बैंक लिमिटेडकाे वार्षिक साधारण सभा आज हुँदैछ । बैंकको मंसिर २२ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको बीसौँ वार्षिक साधारण सभा आज (पौष १८ गते, आइतबार) बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा बैंकको कार्तिक २३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद गरी कुल १२ं.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ४ गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले पाैष १ गते बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको