Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंक र होटेल हिमालय बिच विशेष छुट सम्झौता

अर्थ संसार

मंगलबार, १८ असार २०८१, ०८ : ४० मा प्रकाशित

प्रभु बैंक र होटेल हिमालय बिच विशेष छुट सम्झौता

प्रभु बैङ्कका कर्मचारी तथा ग्राहकहरूलाई कुपण्डोल,ललितपुरमा अवस्थित होटेल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैङ्कका तर्फबाट चिफ मार्केटिङ अफिसर रवीन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटेल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकद्वारा हस्ताक्षर गरिएको छ।

सम्झौता अनुसार प्रभु बैङ्क लिमिटेडका कर्मचारी तथा ग्राहकहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा होटेलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ।

ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको उपत्यकाको मुटुमा अवस्थित ललितपुर आफैमा एक कलात्मक शैलीको परिचय बोकेको सहर हो। कृष्ण मन्दिर,पाटन दरबार स्क्वायर,स्वर्ण विहार जस्ता पर्यटकीय क्षेत्रको अवलोकन गर्न यस सहरमा देश तथा विदेशबाट पर्यटकहरूको आगमन हुने गरेको पाइन्छ।

यसै गरी आन्तरिक तथा बाह्य पर्यटकका लागी लक्षित गरी चार तारे होटेल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरूको सेवामा समर्पित छ। विदेशी तथा नेपालीहरू बीच निकै रुचाइएको यस होटेलमा साउना, स्टिम, स्विमिङ पूल, फिटनेस सेन्टर  लगायतको सुविधा रहेको छ। गा सेवाको लागी सोही परिसरमा दुई वटा रेस्टुरेन्ट रहेको छ।

ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटिएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै,लण्डन स्थित दि फाईनान्सियल टाईम्सले बैङ्क अफ दि ईयर–२०२३ बाट सम्मानित प्रभु बैङ्क, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको