Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

अर्थ संसार

मंगलबार, २० पुस २०७८, १२ : ०८ मा प्रकाशित

ज्योति विकास बैंकद्वारा विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंक लिमिटेडले देशका ५ विभिन्न अस्पतालहरुलाई बेबी वार्मर प्रदान गरेकाे छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित "हाम्रो विकास प्रवर्द्धन कोष" मार्फत लिपानिबिर्ता स्वास्थ्य चौकी-परवानीपुर, हेटौडा अस्पताल-हेटौडा, बेतिनी सामुदायिक स्वास्थ्य चौकी-फापरबारी, चन्द्रनिगाहपुर अस्पताल - चन्द्रनिगाहपुर र इनरुवा अस्पताल - सुनसरी गरी ५ ठाउँमा राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ। बैंकले यी विभिन्न अस्पतालहरुलाई नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो।

अस्पतालहरुमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरु बाट लिपानिबिर्ता स्वास्थ्य चौकी, हेटौडा अस्पताल, बेतिनी स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पताल र इनरुवा अस्पतालका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो। साथै सोही कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबी वार्मर सञ्चालन सम्बन्धी विशेष तालिम पनि प्रदान गराईएको थियो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्त​रुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित "हाम्रो विकास प्रवर्द्धन कोष​" मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ​। बैंकले १३ औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रलाई १२ वटा "न्यानो नानी" बेबी वार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुँच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानो नानी” परियोजना- २ को लागि सहयोग प्रदान गरेको थियो। 

बैंकले यसअघि पनि राष्ट्रिय आविष्कार केन्द्र संगको सहकार्यमा कपिलवस्तु सामुदायिक अस्पताल- कपिलवस्तु, मध्यबिन्दु जिल्ला अस्पताल - नवलपुर, महाकाली अञ्चल अस्पताल -कञ्चनपुर, प्युठान जिल्ला अस्पताल-प्युठान, प्राथमिक स्वास्थ्य केन्द्र-महोत्तरी, आम्दा अस्पताल-झापा, जिल्ला अस्पताल-खोटाङ्ग,सामरी स्वास्थ्य चौकी- नुवाकोट, बेनी अस्पताल- म्याग्दी र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र- बाग्लुङलाई एक-एक थान बेबी वार्मर गरि १० वटा बेबी वार्मर प्रदान गरेको थियो।  

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको