Like us!
Follow us!
Connect us!
Watch us!

तलब आक्रामक रुपमा बढाउन जापानी प्रधानमन्त्री किशिदाको अनुरोध

अर्थ संसार

विहीबार, २२ पुस २०७८, ०७ : ५० मा प्रकाशित

तलब आक्रामक रुपमा बढाउन जापानी प्रधानमन्त्री किशिदाको अनुरोध

जापानी प्रधानमन्त्री फुमिओ किशिदाले कर्मचारीको तलब आक्रामक रुपमा बढाउन व्यवसायी तथा कम्पनीहरुलाई अनुरोध गरेका छन् । 

सम्पत्तिको पुनः वितरण गर्ने उनको लक्ष्यको हिस्सा अन्तर्गत किशिदाले बुधवार सो अनुरोध गरेका हुन् । नयाँ वर्षको अवसरमा व्यवसायिक संगठनहरुले आयोजना गरेको एक भेलामा उनले यस्तो अनुरोध गरेका हुन् । 

किशिदाले यस अघि पनि कोरोना भाइरसको महामारी पूर्वको स्तरमा आम्दानी उक्लिएका कम्पनीहरुलाई उनले ३ प्रतिशतभन्दा धेरै तलब बढाउन अनुरोध गर्दै आएका थिए ।

 ‘तलब वृद्धि भविष्यको लागि लगानी हो, यो भविष्यको आर्थिक वृद्धिको लागि निकै जरुरी पनि छ, तपाईहरुले आक्रामक कदम चाल्नुहोस् र सहयोग गर्नुहोस् भन्ने मेरो चाहना छ,’ घरेलु व्यवसायिक संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको सो भेटघाटमा किशिदाले भनेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको