Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, मेगाका ग्राहकहरुलाई अनलाइन भुक्तानी झन सहज

अर्थ संसार

विहीबार, २२ पुस २०७८, १६ : १९ मा प्रकाशित

मेगा बैंक र मोको डिजिटल वालेटबीच साझेदारी, मेगाका ग्राहकहरुलाई अनलाइन भुक्तानी झन सहज

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । 

यो साझेदारीसँगै मेगा बैंकका खातावालहरूले अब सिधैआफ्नो डेबिट वाक्रेडिट कार्डहरू मोको (MOCO)  डिजिटल वालेटमा बिना कुनै मौज्दात (Balance), बिना कुनै शुल्क सहज रुपमालोड गरी मोको डिजिटल वालेट (MOCO Digital Wallet) को प्रयोग गर्न सक्नेछन ।

मोको डिजिटल वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमालोड गरी क्यूआर कोड स्क्यान (QR Code Scan) गरी सहजैरकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक मौज्दात (Balance) लोड गर्नुनपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।

सिइओ खुञ्जेलीकाअनुसार, अबमेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले मोको डिजिटल वालेट (MOCO Digital Wallet) का नवीनतम सेवाहरुको फाइदा उठाउन सक्नेछन्। मोकोसँग सहकार्य गरी ग्राहकवर्गलाई नवीनतम सेवादिनपाएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । 

मोको (MOCO) सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो। योएपले Payment Card Industry Data Security Standard (PCI DSS) को नवीनतम प्रोटोकलको समेत अनुपालना गरेको हुँदा यो APP सुरक्षित Back-end प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख बिश्वसिंहले जानकारी दिनुभयो । 

उहाँकाअनुसार,MOCO DigitalWallet  प्रयोगकर्ताहरूले Unified QR Payment  को समेत लाभलिन सक्नेछन । यस सुविधामार्फत MOCO DigitalWallet  प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले Alipay, Nepal Pay, UnionPay, VISA जस्ता  विभिन्न डिजिटल Platform हरूमार्फत Scan & Pay प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन्।

MOCO प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि Reward Point हरू प्राप्त गर्नेछन्भने संकलन भएको Reward Point हरू पछि MOCO को सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु Redeemगर्न समेत प्रयोग गर्न सकिन्छ । MOCO App गुगलप्ले स्टोर र App Store  बाट सजिलै डाउनलोड गर्न सकिने मेगा बैंकले जनाएको छ । 

61d6c653b5687.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको