Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई राष्ट्र बैंकका गर्भनरको सुझाव : रातारात पैसा कमाउन भए अर्कै व्यापार गर

शुक्रबार, १६ असार २०७४, १६ : ०६ मा प्रकाशित

लगानीकर्तालाई राष्ट्र बैंकका गर्भनरको सुझाव : रातारात पैसा कमाउन भए अर्कै व्यापार गर

अर्थ संसार, काठमाडौं–नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले रातारात करोडपति बन्ने मन भए बैंकमा लगानी नगर्न आग्रह गरेका छन् ।

रातारात मालामाल पैसा कमाउने आशामा बैंकमा लगानी गर्नेहरुकै कारण बैंकिङ क्षेत्रमा विकृति  देखा परेको बताउँदै गभर्नर नेपालले यस्ता व्यक्तिहरुलाई बैंकमा लगानी नगर्न सुझाए ।

‘बैंकिङ क्षेत्रमा सीमितमात्र प्रतिफल हुन्छ, कडा नियमनमा बस्नुपर्छ, त्यसैले रातारात करोडपति बन्ने मन हुनेहरु बैंकमा लगानी गर्न नआउनुहोस,’ उनले भने ।

मर्जरमा गएरै भएपनि राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन सफल भएकोमा कुमारी बैंक र कुमारीसँग मर्ज हुने ४ वटै संस्थाका लगानीकर्ताहरुलाई गभर्नरले धन्यबाद दिए ।

उनले बिदेशी बैंकका शखा नेपाल आउने भइरहेकाले नेपाली बैंकहरुलाई विदेशीसँग प्रतिस्पर्धा गर्न सकुन् भन्ने उदेश्यले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी बढाइएको बताए ।

कार्यक्रममा गभर्नर डा. नेपालले ७ सय ४४ स्थानीय तहमध्ये करिब ३ सय वटामा मात्रै बैंकहरुको शाखा पुगेकाले बाँकी स्थानीय तहमा शाखा बिस्तार गर्न आग्रह गरे ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको