मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेली उत्कृष्ट महिला अवार्ड २०२१ बाट सम्मानित भएकी छिन् ।
काठमाडौंमा विशेष समारोहकाबीच आयोजित प्रथम ‘एचआरएम नेपाल अवार्ड फर कर्पाेरेट एक्सिलेन्स २०२१’ मा सीईओ खुञ्जेलीलाई ‘बेस्ट फिमेल अवार्ड २०२१’ प्रदान गरिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्य गरेबापत सीईओ खुञ्जेलीलाई यो अवार्ड प्रदान गरिएको हो ।
अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै उनले आयोजकहरुलाई धन्यवाद दिइन् । अवार्डबाट आफूले थप जिम्मेवारी बोध गरेको बताउँदै सीईओ खुञ्जेलीले यसको श्रेय मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुमा जाने बताए ।
सीईओ खुञ्जेली नेपालको ‘क’ वर्गको वाणिज्य बैंकको प्रथम महिला सीईओ हुन् । उनकै नेतृत्वमा मेगा बैंकले प्रतिष्ठित ‘बैंक अफ दि एयर अवार्ड २०१९’ समेत प्राप्त गर्न सफल भएको थियो । उनी स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । स्थापनाको एक दशकमै मेगा बैंक अहिले नेपालकै एक अग्रणी बैंकका रुपमा स्थापित छ ।
सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट करिअर गरेकी खुञ्जेलीसँग ३० वर्षको बैंकिङ क्षेत्रको अनुभव छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस