Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तको साधारण सभा सम्पन्न, २१.०८५ प्रतिशत लाभांश पारित

अर्थ संसार

आइतबार, २५ पुस २०७८, १२ : ३५ मा प्रकाशित

विजय लघुवित्तको साधारण सभा सम्पन्न, २१.०८५ प्रतिशत लाभांश पारित

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे नवाैँ वार्षिक साधारण सभा हिजाे पाैष २४ गते, शनिबार, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा सम्पन्न भएकाे छ ।

संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । 

सभामा वित्तीय संस्थाको आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन , २०७८ असाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब , सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पारित गरिएको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०७८/०७९ मा लेखा परिक्षण कार्य गर्नका लागि विदुर एसोसियट्सका सिए विदुर लुईटेललाई नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । 

नवौँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकहरुमा क्रमशः कपिल न्यौपाने, स्वयम्भू शाक्य, डा. हेमराज लामिछाने र खेमराज सापकोटालाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । 

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सहमति र सम्झाैता गर्ने लगायत गाभ्ने,गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अक्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको