Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न सेयरधनीलाई डाक्यो धुलिखेल लज रिसोर्टमा

अर्थ संसार

आइतबार, ०९ असार २०८१, ०९ : ०८ मा प्रकाशित

विजय लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न सेयरधनीलाई डाक्यो धुलिखेल लज रिसोर्टमा

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ। संस्थाले एफपीओको प्रस्ताव सहित आफ्नो वार्षिक साधारण सभा असार ३० लाई  डाकेको छ। 

संस्थाको आफ्नो १५ औं वार्षिक साधारण सभा असार ३० गते आइतबार धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्टमा बिहान ११ बजे बोलाएको छ। 

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को  वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । 

तेस्तै,सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरुमाथि छलफल गारी पारित गरिने छ। यस बाहेक  चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

तेस्तै, सभाले सर्वसाधारणका लागि छुट्टाइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृत लिई थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने र सोही सम्बन्धमा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने तथा सो सम्बन्धी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव अगाडी सारिएको छ।   

यस बाहेक सभामा संस्थापक समूह‘क’ बाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूह‘ख’ बाट २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिबाट भएको स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गरिने छ ।  

कम्पनीले साधारण सभा प्रयोजनका लागि संस्थाले आगामी असार १७ गतेदेखि ३० गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ असार १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन पाउनेछन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको