Like us!
Follow us!
Connect us!
Watch us!

पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावः यस्तो छ शनिबारसम्मकाे माैसम पूर्वानुमान

अर्थ संसार

विहीबार, २९ पुस २०७८, ०७ : २० मा प्रकाशित

पश्चिमी वायुसँगै न्यून चापीय प्रणालीको प्रभावः यस्तो छ शनिबारसम्मकाे माैसम पूर्वानुमान

नेपालमा पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान देशका अधिकांश भूभागमा सामान्य बदली छ । प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

शुक्रबार प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ । शुक्रबार राति सुदूरपश्चिम, कर्णाली र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार प्रदेश १ र बागमतीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको