Like us!
Follow us!
Connect us!
Watch us!

नेचा सल्यान गाउँपालिकामा एमाले विजयी

आइतबार, १८ असार २०७४, ०८ : ५६ मा प्रकाशित

नेचा सल्यान गाउँपालिकामा एमाले विजयी

अर्थ संसार,सल्लेरी (सोलुखुम्बु)–शनिबार राति अबेर गरी सम्पन्न नेचा सल्यान गाउँपालिकाको प्रमुखमा नेकपा एमालेका डुफकुमार बास्तोला विजय हुनु भएको छ ।

बास्तोलाले एक हजार ६९८ मतसहित जित हासिल गर्नुभयो भने उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका धनजन राईले एक हजार ६५६ मत प्राप्त गर्नुभयो । नेचा सल्यानको उपप्रमुखमा काँगेसका कुमारी घिमिरे दुई हजार दुई मतसहित विजयी हुनुभयो ।

योसँगै नेकपा एमालेले सोलुखुम्बु जिल्लाको चार स्थानीय तह खुम्बुपासाङ्ग ल्हामु, सोताङ्ग, दूधकोसी तथा नेचा सल्यान गाउँपालिकामा जित दर्ता गराएको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले लिखुपिके तथा महाकुलुङ्ग र काँग्रेसले सोलुदूधकुण्ड नगरपालिका जितेको छ । अब दूधकौशिका गाउँपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । दूधकौशिका गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रको अग्रता कायम रहेको छ । उपप्रमुखमा नेकपा एमाले अग्रस्थानमा देखिएको छ ।

शनिबार आएको मतपरिणामअनुसार दूधकौशिका गाउँपालिका–३ मा नेकाका भूपाल राई, वडा नं ४ मा नेकाकै नातिकाजी गुरुङ अध्यक्ष सहितको प्यानल विजयी भएको छ ।

वडा नं ५ मा नेकपा माओवादी केन्द्रका प्रेमकुमार राई अध्यक्ष सहितको पूरै प्यानल विजयी भएको छ । अहिले बिहान ७ बजेबाट २, ६ र ७ वडाको मतगणना सुरु भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको