Like us!
Follow us!
Connect us!
Watch us!

सेन्चुरी बैङ्क तथा सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने

आइतबार, १८ असार २०७४, १७ : ०६ मा प्रकाशित

सेन्चुरी बैङ्क तथा सगरमाथा फाइनान्सले एकीकृत कारोबार गर्ने

अर्थ संसार, काठमाडौँ–सेन्चुरी कमर्सियल बैङ्क लिले चाँडै सगरमाथा फाइनान्स लिसँग एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा आज बसेको विशेष साधारणसभाले उक्त फाइनान्सलाई प्राप्ति (एकीकृत) गर्ने प्रस्ताव अनुमोदन गरेको छ । सगरमाथाको १०० कित्ता सेयर सेन्चुरीको ९५ कित्ता सेयर हुने गरी सम्झौता गरिएको छ । अब बैङ्कको चुक्ता पुँजी रु सात अर्बभन्दा माथि पुगेको छ ।

यसैगरी अल्पाइन डेभलपमेन्ट बैङ्क लिसँग प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भइसकेको तथा सेती फाइनान्स लिलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भई नेपाल राष्ट्र बैङ्कमा निवेदन पेस गरिएको जनाइएको छ ।

यसअघि उक्त बैङ्कले इन्नोभेटिभ डेभलपमेन्ट बैङ्क र अरनिको डेभलपमेन्ट बैङ्कलाई प्राप्ति गरी एकीकृत कारोबार गरिसकेको छ । बैङ्क तथा वित्तीय संस्थाको नियमन निकाय राष्ट्र बैङ्कले यही असार मसान्तसम्म विकास बैङ्कको चुक्ता पुँजी रु आठ अर्ब पु¥याउन निर्देशन दिएपछि एकीकृत भई कारोबार गर्न लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको