नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (सोमबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार मेगा बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको एक कराेड ४६ लाख ५४ हजार ९ सय ६४ दशमलव ९५७ कित्ता सेयर सूचिकृत भएको हो ।
मेगा बैंक लिमिटेडकाे मंसिर २८ गते, मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौँमा सम्पन्न भएकाे पन्ध्राैँ वार्षिक साधारणमा बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.०७ प्रतिशत नगद गरी कुल १२.०७ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस