Like us!
Follow us!
Connect us!
Watch us!

दुईसय २४ स्थानीय तहको मतपरिणाम घोषणा

सोमबार, १९ असार २०७४, ०८ : ३७ मा प्रकाशित

दुईसय २४ स्थानीय तहको मतपरिणाम घोषणा

अर्थ संसार, काठमाडौँ–दोस्रो चरणको प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा यही असार १४ गते भएको स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउनेक्रम जारी रहेको छ ।

निर्वाचन आयोगमा स्थापित संयुक्त निर्वाचन सञ्चालन केन्द्रका अनुसार आज बिहान ७ बजेसम्ममा २२४ स्थानीय तहको अन्तिम मतपरिणाम घोषणा भइसकेको छ ।

केन्द्रका अनुसार १ नम्बर प्रदेशको ९०, ५ नम्बर प्रदेशको ६३ र ७ नम्बर प्रदेशको ७१ स्थानीय तहको अन्तिम मतपरिणाम प्राप्त भएको छ ।

बाँकी स्थानीय तहको मतगणना शान्तिपूर्ण रुपमा भइरहेको छ । तीन सय ३४ स्थानीय तहका लागि असार १४ गते भएको निर्वाचनमा ४७ लाख ४० हजार ५२२ मतदाता सहभागी भएका थिए ।

सो निर्वाचनमा ७३।६९३ प्रतिशत मत खसेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको