Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंककाे नाफा घट्दा अरू सूचक के भए ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १० : ३० मा प्रकाशित

कुमारी बैंककाे नाफा घट्दा अरू सूचक के भए ?

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ९५ करोड १७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २१.७७ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब २१ करोड ६५ लाख ५८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ५.०३ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ३५ लाख ४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ४९ करोड ७७ लाख ८९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २१.३५ प्रतिशतले घटेर एक अर्ब ३६ करोड ८८ लाख ५० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले एक अर्ब ७४ करोड ५ लाख २३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा १३ करोड ८३ लाख १० हजार रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब २६ करोड ७३ लाख ५५ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) ४ रुपैयाँ ५९ पैसाले घटेर १२ रुपैयाँ ९४ पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ८ पैसा छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको