Like us!
Follow us!
Connect us!
Watch us!

सिभिल बैंकले गर्यो राम्रै प्रगति, नाफा १४८ प्रतिशतले बढ्दा ईपीएस कति ?

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १० : ५६ मा प्रकाशित

सिभिल बैंकले गर्यो राम्रै प्रगति, नाफा १४८ प्रतिशतले बढ्दा ईपीएस कति ?

सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । यस अवधिसम्म बैंकले राम्रै प्रगति गरेकाे छ । बैंकका प्रमुख वित्तीय सूचकहरू चम्किएका छन् ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ५० करोड ४० लाख एक हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २० करोड २८ लाख ८४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ५७.०३ प्रतिशतले बढेर एक अर्ब ४६ करोड ७४ लाख ४९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ९३ करोड ४५ लाख ७ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि १७१.४६ प्रतिशतले बढेर ७३ करोड २२ लाख ९४ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २६ करोड ९७ लाख ५८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ६९ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा २ अर्ब ५४ करोड ६ लाख ३८ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) ११ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा रहेकाे छ ।

बैंकले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

61ea440d2a264.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको