Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

अर्थ संसार

सोमबार, १० माघ २०७८, १५ : २७ मा प्रकाशित

मेगा बैंकले गर्यो लाभांश लिन अनुरोध, नलिए जाला लगानीकर्ता संरक्षण कोषमा

मेगा बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । 

बैंकले साविकको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक र गण्डकी विकास बैंकका विभिन्न वार्षिक साधारण सभाबाट पारित भएको नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको हो ।

सेयरधनीहरुले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार मेगा क्यापिटल लिमिटेड, त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क गरी नगद लाभांश लिन सक्नेछन् । उक्त अवधिभर लाभांश संकलन नगरेमा कम्पनी ऐन २०६३ को दफा १८३ बमाेजिम स्थापना भएकाे "लगानीकर्ता संरक्षण कोष" मा जम्मा हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको