Like us!
Follow us!
Connect us!
Watch us!

नदी–खोलामा शौचालय र ढल

मंगलबार, २० असार २०७४, ११ : १४ मा प्रकाशित

नदी–खोलामा शौचालय र ढल

अर्थ संसार, मलेखु (धादिङ) – बजारबासीले त्रिशूली नदी र थोपलखोलामा ढल तथा शौचालय मिलाएपछि प्रदूषण बढेको छ ।

नदी र खोलामा मिसाइएको ढल र शौचालयले दुर्गन्ध बढेको छ । बजार क्षेत्रमा बनाइएका घरहरुमा बनाइएका शौचालय सिधै खोलामा हाल्दा र ढलसमेत नदीमा मिसाउँदा प्रदूषण मात्र नभई यसको आकर्षणमा समेत कमी आएको त्रिशूली बचाऔँ अभियानका उत्तम कँडेलले बताउनुभयो ।

नदी संरक्षण र यसको सुन्दरता बचाएर पर्यटक भित्र्याउन बजारवासीले सामूहिक रुपमा सञ्चालन गरेको महाअभियानले नदी बचाउन अभियान सञ्चालन गरेको छ ।

त्रिशूली नदीमा र थोपल खोला आसपासमा पालिएका बङ्गुरबाट उत्सर्जित फोहरसमेत सोझै पानीमा मिसाइदिएकाले गर्दा पानी अत्यन्त फोहर भएको उनीहरुको भनाइ छ । सोका कारण नदी र खोलाको पानीले नुहाउँदा मानिसलाई छालासम्बन्धी रोग देखा पर्न थालेको छ ।

नदी संरक्षणमा लाग्नका लागि अभियानकर्ताले हालै निर्वाचित जनप्रतिनिधिलाई ज्ञापनपत्र बुझाउने र उनीहरुलाई वातावरण स्वच्छतातर्फ काम गर्नका लागि दबाब दिन थालेका छन् ।

अहिले त्रिशूलीमा फिरफिरेबाट बालुवा प्रशोधन गरेर निस्किएको फोहर पानी तथा राजधानीलगायत स्थानबाट ल्याइएका फोहर फाल्नाले दिनानुदिन प्रदूषण बढिरहेकाले जलयात्रा गर्ने पर्यटकको सङ्ख्यासमेत घटेको बताइएको छ ।

नदी संरक्षण गर्न र अवैध रुपमा सञ्चालन गरिएका बालुवा खानी बन्द गर्न पहल थालिएको गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले बताउनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको