Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्ड –१ ले ल्यायाे ९१ हजार कित्ता सेयर तथा ऋणपत्र लिलामीमा, मूल्य कति छ ?

अर्थ संसार

विहीबार, १३ माघ २०७८, १७ : ०९ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्ड –१ ले ल्यायाे ९१ हजार कित्ता सेयर तथा ऋणपत्र लिलामीमा, मूल्य कति छ ?

एनआईबिएल समृद्धि फण्ड –१ ले आफ्नाे स्वामित्वमा रहेको साधारण सेयरहरु न्यूनतम मूल्य एक सय रूपैयाँको दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य एक हजार रूपैयाँको दरले लिलाम बढाबढ गरी बिक्री गर्ने भएकाे छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रवद्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड – १ यही पाैष २२ गते परिपक्व भएको थियो । त्यसैले योजना खारेजीमा लैजाने क्रममा एनआईबिएल समृद्धि फण्ड –१ को स्वामित्वमा रहेको साधारण सेयरहरु/ऋणपत्रहरु बोलकबोलको माध्यमबाट बिक्री गर्ने भएको हाे ।

संस्थाले जारी गरेको सूचना अनुसार उक्त साधारण सेयरहरु न्यूनतम मूल्य एक सय रूपैयाँको दरले तथा ऋणपत्रहरु न्यूनतम मूल्य एक हजार रूपैयाँको दरले बोलकबोलको माध्यमबाट आवेदन दिन सकिने जनाइएको छ । 

सेयर खरिदका लागि योग्य रहेका इच्छुक व्यक्ती, फर्म, कम्पनी, सघं संस्थाहरुले, माघ १३ गतेदेखि माघ २० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौँमा आफूले लिन चाहेको सेयरहरु/ऋणपत्रहरु दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्रमार्फत् आवेदन पेश गर्न सकिने क्यापिटलले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको