Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल समृद्धि फण्डले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

विहीबार, १० भदौ २०७८, ०६ : २८ मा प्रकाशित

एनआईबिएल समृद्धि फण्डले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

एनआईबिएल समृद्धि फण्ड १ ले हिजाे (भदाै ९ गते, बुधबार) बाट इकाईधनीहरुको बैंक खातामा लाभांश जम्मा गरेकाे छ ।

फण्डले नगद लाभांश वितरण गर्नको लागि श्रावण २९ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे ।  त्यसैले श्रावण २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे थियाे ।

फण्डले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेकाे छ । त्यस्तै, फण्डको इकाई धितो राखेका इकाईधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र लाभांश वितरण गरिनेछ ।

फण्डकाे योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

फण्डले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6126e40671ed1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको