Like us!
Follow us!
Connect us!
Watch us!

एनआईबिएल प्रगति फण्ड र समृद्धि फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

अर्थ संसार

विहीबार, २८ साउन २०७८, १० : ४४ मा प्रकाशित

एनआईबिएल प्रगति फण्ड र समृद्धि फण्डकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम माैका

एनआईबिएल प्रगति फण्ड र एनआईबिएल समृद्धि फण्ड १ काे नगद लाभांश सुरक्षित गर्ने आज (साउन २८ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।

दुवै फण्डले नगद लाभांश वितरण गर्ने प्रयाेजनका लागि भाेलि साउन २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेका छन् । त्यसैले,  आज (साउन २८ गते, बिहीबार) सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्डले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ ।

त्यसैगरी, एनआईबिएल समृद्धि फण्ड १ ले आर्थिक वर्ष २०७७/७८ को लागि आफ्ना इकाईधनीहरूलाई ३५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घाेषणा गरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको