Like us!
Follow us!
Connect us!
Watch us!

सेञ्चुरीलाई राष्ट्र बैंकले दियो सेती फाइनान्स गाभ्ने सैद्धान्तिक स्वीकृति

बुधबार, २१ असार २०७४, १९ : ५७ मा प्रकाशित

सेञ्चुरीलाई राष्ट्र बैंकले दियो सेती फाइनान्स गाभ्ने सैद्धान्तिक स्वीकृति

अर्थ संसार, काठमाडौं– सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति  प्राप्त गरेको छ ।

यस अघि बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरेर एकीकृत कारोबार गरिसकेको छ  ।

सेञ्जुरीले असार १८ गते बसेको विषेश साधारण सभाले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्ती गर्नलाई स्वीकृती समेत प्रदान गरिसकेको छ सेञ्चुरीले यस अघि नै अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सहमति  प्राप्त गरिसकेको छ ।

यी प्राप्तीहरु पश्चात् सेञ्चुरी बैंकले ८ अर्बको पूंजीमा नपूग रकम चालु आ.व. को मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ५३ वटा शाखा, ३३ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहक वर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको