Like us!
Follow us!
Connect us!
Watch us!

साना तथा मझौला उद्योग विकास नीतिबारे कार्यशाला सुरु

विहीबार, २२ असार २०७४, ०८ : ०६ मा प्रकाशित

साना तथा मझौला उद्योग विकास नीतिबारे कार्यशाला सुरु

दिनिता लामिछाने

काठमाडौं, घरेलु तथा साना उद्योग महासंघले एसिएन प्रोडक्टिभिटी अर्गनाईजेसन (एपीओ ) जापान र राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्रको सहयोगमा साना, मझौला उद्योग विकास अन्तराष्ट्रिय नीति सम्बन्धी  कार्यशाला ललितपुरमा आयोजना गरिएको छ । कार्यशाला  तीन दिन सम्म चल्ने छ ।

कार्यक्रममा जापान, इन्डोनेशिया, मलेसिया, लगायत एसियन मुलुकले लघु,साना तथा मझौला उद्योगको विकासका लागि अंगीकार गरेको नीति  नियम, भएको व्यवस्था र कार्यक्रमहरुको बिषय जानकारी दिनका लागी मलेसिया र इन्डोनेशियाबाट स्रोत व्यक्ति  आमन्त्रण गरिएको थियो ।

यस कार्यक्रममा परिबर्तित सम्बन्धमा नेपालमा केन्द्र, प्रदेश र स्थानिय सरकारले लघु, साना तथा मझौला उद्योगको विकासका लागि अंगीकार गर्नुपर्ने नीतिगत व्यवस्था  र कार्यक्रम, विद्यमान नीति नियम, वित्तीय पहुँच र प्रविधिका बारेमा छलफल तथा अन्तरक्रिया गरिने छ ।

यस कार्यशालामा लघु,घरेलु साना तथा मझौला उद्यमी र यस क्षेत्रको नीति निर्माणमा संलग्न सरोकारवाला, सरकारी र गैरसरकारी तथा स्थानिय निकायका प्रतिनिधिको सहभागिता रहने यस कार्यशाला गोष्ठीमा निम्न विषयमा केन्दित भई ९ वटा छुटाछुटै कार्यपत्र प्रस्तुत गरिने छ ।

कार्यक्रमको अन्तिम दिन सहभागीलाई विभिन्न उद्योगको स्थलगत अवलोकन गराईने कार्यक्रम रहेको छ । कार्यक्रमबाट लघु , घरेलु , साना तथा मझौला उद्योगको विकासका लागी उपयुक्त नीति  निमार्णमा सहयोग पुग्ने विश्वास लिइएको छ । यस कार्यक्रममा अन्जना ताम्राकार राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकासकी जेनरल मेनेजर , मुख्य सचिव डा. सोमलाल सुबेदी,गोपी कृष्ण खनाल ,रोशनी उपाध्याय लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको