Like us!
Follow us!
Connect us!
Watch us!

‘ग्याष्ट्रो लिभर फाउण्डेशन नेपाल’ एभरेष्ट अस्पतालमै सञ्चालनमा

अर्थ संसार

मंगलबार, २५ माघ २०७८, १७ : ०३ मा प्रकाशित

‘ग्याष्ट्रो लिभर फाउण्डेशन नेपाल’ एभरेष्ट अस्पतालमै सञ्चालनमा

एभरेष्ट अस्पताल करिव २० वर्षदेखि सञ्चालनमा आएर निरन्तर स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको छ । नयाँ बानेश्वरमा अवस्थित यस अस्पतालले एउटै छाना मुनी विभिन्न सेवा दिँदै आएको छ ।     

अस्पतालले नयाँ नयाँ सेवा पनि सञ्चालनमा ल्याइरहेको छ । जसमध्येको एक हो, ग्याष्ट्रो लिभर फाउण्डेशन नेपाल । अस्पतालले यस फाउण्डेशन करिब दुई वर्षदेखि सञ्चालनमा ल्याएर निरन्तर सेवा दिँदै आएको छ । यस फाउन्डेशनका अध्यक्ष तथा पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेश कुमार कश्यप रहेका छन भने अर्का विशेषज्ञ डा. अवशेष भण्डारी पनि यसै फाउन्डेशनमा कार्यरत छन् ।

डा. कश्यपका अनुसार यस फाउन्डेशलले हाल ग्याष्ट्रो सँग सम्बन्धीत इन्डोस्कोपी, कोलोनेस्कोपी, कब्जियत तथा पायल्स, पेट दुख्ने दिसामा रगत आउने जस्ता सम्पूर्ण रोगको उपचार गर्नुको साथै लिभरसँग सम्बन्धीत हेपाटाइटिस ए देखि इ सम्म, सिरोसिस, लिभर क्यान्सर, फ्याटी लिभरसँग सम्बन्धीत सम्पूर्ण रोगको उपचार गरिन्छ ।  

सानो र ठूलो गरी मान्छेका दुईखाले आन्द्रा हुन्छन् । मलद्वारबाट दूरबीन छिराई ठूलो आन्द्राको सबै र सानोको तल्लो भाग जाँच्ने मेडिकल प्रविधि कोलोनोस्कोपी हो । आन्द्रामा मासु पलाएको वा अल्सर भएको छ भने कोलोनोस्कोपीबाट सहजै पत्ता लाग्छ । आन्द्राको भित्तामा देखा परेको स–सानो खोट निकाल्नेदेखि शंकास्पद मासुको टुक्रा निकालेर वायोप्सी गर्न पठाउनेसम्मको काममा कोलोनोस्कोपीको प्रयोग हुन्छ । यसले एक मिलिमीटरसम्मको मासु पलाएको खुट्याउँछ । 

ठूलो आन्द्रा र मलद्वार बीचको भागलाई सिग्मोईड भनिन्छ । मलद्वारबाट सिग्मोईडमा दूरबीन छिराएर गरिने जाँचलाई सिग्मोईडोस्कोपी भनिन्छ । कोलोनोस्कोपीले पूरै आन्द्रा (मलद्वारबाट करीब पाँच फिटसम्म) जाँचिन्छ भने सिग्मोईडोस्कोपीले दुई फिटसम्म मात्र जाँच्न मिल्छ ।

दिसामा अनायास रगत देखियो वा दिसा कालो भयो भने तुरुन्त जँचाउनुपर्छ । त्यसरी दिसा जाँच्दा रक्तकणिका भेटिएमा, कसैको दिसा एकाएक कहिले पातलो हुने, कहिले कब्जियत हुने भएमा, उमेर ढल्केका मानिसहरूमा विना कारण रक्त अल्पता हुँदा र अन्य लक्षणहरूबाट आन्द्रामा क्यान्सर लागेको शंका लागेमा कोलोनोस्कोपी गराउनुपर्छ । त्यस क्रममा आन्द्रामा मासु पलाएको वा घाउ भएको देखिएमा वायोप्सी गरेर क्यान्सर भएको वा नभएको खुट्याइन्छ । आन्द्रामा कुनै पनि ठोस पदार्थ (दिसा) नभएको अवस्था बनाएर कोलोनोस्कोपी गराउँदा सबै भागमा राम्ररी जाँच गर्न सजिलो हुन्छ ।  

नेपालका धेरै मानिसहरु कोलोनोस्कोपीबारे अनविज्ञ छन् । काठमाडौं उपत्यका बाहिरका केन्द्रीय अस्पतालमा पनि यो प्रविधि उपलब्ध छ । तर जनचेतना अभावका कारण कोलोनोस्कोपीको प्रयोग न्यून भएको कश्यप बताउँछन् । सिकिस्त भएर मात्रै अस्पताल पुगेर कोलोनोस्कोपी गर्ने चलनले धेरैलाई बर्बाद बनाएको उनको भनाई छ । 

उनका अनुसार धेरैले कोलोनोस्कोपी महँगो छ भन्ने गरेका छन् । तर यो महँगो छैन । सस्तोमै उपचार गर्न सकिन्छ । सस्तोमा पनि गर्न नसक्नेका लागि ग्यास्ट्रो लिभर फाउण्डेशन नेपाल विकल्प हुनसक्छ । पेट तथा कलेजो रोग बिशेषज्ञ डा. अखलेश कुमार कश्याप र अबशेष भण्डारीले साँझ ५ बजे देखि ७ बजेसम्म ओपिडी सेवा निरन्तर रुपमा सञ्चालन गर्दै आएको यस फाउण्डेशनको अध्यक्ष डा. कश्यपले बताए ।   

यस फाउण्डेशनको कार्यालय नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल भएको भवनको चौथो तल्लामा छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको