Like us!
Follow us!
Connect us!
Watch us!

महाकालीले पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

विहीबार, २२ असार २०७४, २२ : ०१ मा प्रकाशित

महाकालीले पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

अर्थ संसार, दार्चुला–तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासि बढेको छ । आज दिउँसो दुई बजेपछि एक्कासि नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ ।

विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को दिने गरी नदी किनारमा निर्माणाधीन तटबन्धको फाउन्डेसन भत्काउँदा बङ्गाबगड क्षेत्रका बासिन्दामा बाढी त्रास बढेको स्थानीयले बताएका छन् । महाकाली नदी नियन्त्रण आयोजनाको प्याकेज नम्बर १० मा हालेको पक्की तटबन्धको फाउन्डेशन वाल भत्काएर नदीले कटान सुरु गरेको छ ।

गत कात्तिकमा भारतपट्टी गएको सुख्खापहिरोको कारण नदीको बहाव नेपालतर्फ मोडिँदा तटबन्धको वाल धँसिएको स्थानीय प्रशासनले जनाएको छ । तटबन्धको फाउन्डेशन नदीको सतहभन्दा माथि रहेको हुनाले नदीले माटो बगाउँदा पक्की तटबन्धको वाल भत्केको प्राविधिकको भनाइ छ । उक्त क्षेत्रमा पक्की तटबन्धको १० मिटर लम्बाई, पाँच मिटर चौडाई र सात मिटर उचाई जमिनबाट छुट्टिन पुगेको छ ।

नदीले कटान सुरु गरेपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, निर्माण व्यवसायी र स्थानीय मिलेर जालीमा ढुङ्गा भरिरहेका छन् । नदीले थप कटान रोक्नका लागि डोजरको प्रयोग गरी ढुङ्गा राख्न सुरु गरिएको छ । रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको